Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

संक्षिप्त परिचय

वि.स. २०७१ साल मंसिर १६ गते तत्कालिन गा.वि.स.हरु हापुर, नारायणपुर र ढिकपुर गाविस मिलेर त्रिपुर नगरपालिकाको संरचना कायम भएको हो । समुन्द्री सतह देखि ५९२ देखि २०५० मिटर को उचाईमा नगरपालिका आसिन छ । यहाँको घरधुरी सख्या ८ हजार ८ सय ६१ रहेको छ । जिल्ला सदरमुकाम घोराही देखि १० किलोमिटरको दुरीमा पर्छ । यस नगरीमा १३ वटा वडाहरु रहेका छन । वडा नं. १ को नारयणपुर वजार र पत्थरकोटीया वडा नम्वर २ को चरवग्गीया वडा नम्वर ३ को जलौरा, पेट्रोल पम्प एरीया र सौरीकुला वडा ५ को खैरा शहरी क्षेत्रमा पर्छ । त्यसैगरी वडा नं. १ को नारयाणपुर, थारुगाँउ वडा नम्वर २ को झारवैरा थारु गाउ वडा नम्वर ३ को उत्तरअम्राइ थारु गाउ, दक्षिण अम्राइ थारुगाउँ  शहर उन्मुखम क्षेत्रमा पर्छ र अन्य वडाहरु पुरै पहाडी वडाका रुपमा रहेका छन । भौगोलिक बिषमता पनि त्रिपुर नगरपालीकाको एउटा विशेषता बनेको छ । पुर्वमा घोराही नगरपालीका, उत्तरमा रोल्पा, दक्षिणमा सौडियार र डुरुवा गाविस र पश्चिममा मानपुर र विजौरी गा.वि.स रहेको छ । भौगोलिक विस्तारको हिसावले हेर्ने हो भने त्रिपुर नगरपालीका वडा नम्वर ६ का विभिन्न पहाडी गाउहरु देखि वडा नम्वर १३ को बबै नदि सम्म फैलिएको छ । यो नगरपालीकामा व्राह्महण, क्षेत्री, दलित, थारु, मधेसी, मगर समुदायका मानिसहरुको वसोवास रहेको छ । यी समुदायका मानिसहरु कृषी, व्यापार र स्वदेश तथा विदेशमा रोजगारी गरीरहेका छन ।

१.१.१    भौगोलिक अवस्थिति
अवस्थिति        
अक्षांश     ः२७”३६” देखि २८”२९”
देशान्तर    ः ८२”२” देखि ८२”५” 
सिमाना 
पूर्व    ः     घोराही नगरपालीका    
पश्चिम ः    मानपुर र विजौरी गाविस    
उत्तर    ः    रोल्पा जिल्ला    
दक्षिण    ः    सौडियार र डुरुवा गाविस    
उचाई    ः    समुद्र सतहबाट ५९२ देखि २०५० मिटर सम्म
क्षेत्रफलः    ..... वर्ग कि.मि. (....... हेक्टर)
लम्बाई    ः    सरदर १५ देखि २० कि.मी. सम्म 
हावापानीः    समसितोष्ण मन्सुनी किसिमको जलवायु
तापक्रमः     अधिकतम ३९.९” सेल्सियस
         न्यूनतम २५.०” सेल्सियस
वर्षा    ः वार्षिक सरदर १७०६ मिलिमिटर आषाढ, श्रावण र भाद्रमा बढी वर्षा हुने
१.१.२ नगरको नामाकरण ः तत्कालिन गाविस नारायणपुर,हापुर र ढिकपुर गाविसहरुलाई संमायोजन गरी त्रिपुर नगरपालिका नामाङकन गरिएको हो